Thursday, September 1, 2016

Bus Travelling Tips


BUS TRAVELLING TIPS


Things to note before travelling on a bus:
बस यात्रा गर्दा ध्यान दिनु पर्ने कुराहरु :
Especially,during long route travelling you’d better prepare as suggesting below for safe and comfortable travells.
  1. Book your seats at least 2 days before travelling day so that you had better chance to select comfortable and safty seats.(कमसेकम दुई दिनअघि बसको टिकट बुकिंग गर्नुहोस जसले गर्दा तपाइलाई सुरक्षित र आरामदायी सिट प्राप्त गर्न  सजिलो  हुनेछ   )
  2. During the selection of bus seats,usually peoples prefer to window seat and forward seats but the comfortable and safe seats are middle left side assile seat.In the diagram below the green boundry shows the right seats you have to book. A number of studies shows ,the travellers from these seats are less injured during the bus accident. (प्राय सिट छान्दा धेरैजसोले झ्यालसंगैको र अगाडिको सिट रोज्ने गर्छन तर सुरक्षा र आरामदायी सिट बसको मध्य भागको बाँयापट्टिको झ्याल बिपरितको सिट हुन्छ.तलको चित्रमा हरियो घेराभित्रको सिट सबैभन्दा सुरक्षित सिट हो. विभिन्न अध्ययनबाट के थाहा लागेको छ भने यो सिटमा बस्नेहरु दुर्घटना हुँदा सबै भन्दा कम घाईते भएको पाइएको छ )
  3. Before travelling you can drink sufficient amount of water but it should not be too much and take light meal and do not eat anything you get while on the bus. (यात्रा पुर्व आवश्यक पानी पिउनु राम्रो हो तर धेरै होइन र खान ठीक्क खानुहोस  अनि बसमा जे पायो तेही नखानुहोस )
  4. Beware of stranger and do not eat anything given you by any stranger .(अपरिचितसंग होशियार हुनुहोस र अपरिचितले दिएको खानेकुरा नखानुहोस )
  5. If you are likely to vomiting while on the bus then you’d better take anti vomitting medicine 1/2 hours before travelling and carry some non leakage plastic sacs for collecting vomitts. (तपाइलाई यात्रामा बान्ता आउंछ भने यात्रा गर्नु भन्दा १/२ घण्टा अघि बान्ता नहुने दबाई खानुहोस र बान्ता जम्मा गर्न प्लास्टिकको झोला बोक्नुहोस )

Monday, November 23, 2015

के हो इन्डक्सन चुल्हो ? What is induction cooker?

भारतीय नाकाबन्दीका कारण यतिखेर नेपालीहरुको चुल्होमा ग्यास सकिएर खाना पकाउन इन्धन को अभाब भैरहेको छ | यो अवस्थामा इन्डक्सन चुल्हो भरपर्दो विकल्प हुन सक्छ | यो एउटा बिधुत चुम्बकीय चुल्हो हो जसले अत्याधुनिक चुल्हो को रुपमा काम गर्छ |





इन्डक्सन चुल्होका फाईदाहरु
१.       यसको एउटा प्रमुख फाईदा भनेको यसले खाना अनुसार तापक्रम संयोजन गर्दछ | जुन आगोमा सम्भब हुदैन |
२.       ग्याँस वा अन्य इन्धन प्रयोग गर्दा प्रसस्त मात्रामा तापक्रम प्रयोगमा आउनुको साटो खेर गैरहेको हुन्छ किनभने अन्य चुल्होमा खाना पकाउदा सुरुमा ताप उत्पादन हुन्छ अनिमात्र  भाडामा प्रसारण हुन्छ तर इन्डक्सन चुल्होमा सिधै भाडामा ताप प्रसारण हुन्छ |
३.       यो चुल्होको अर्को फाईदा भनेको यो आफैमा तातिदैन,जब भाडा राखिन्छ अनि भाडा मात्रै तातिंछ जसले गर्दा हात पोल्ने र केटाकेटीहरु बाट डर हुदैन |

४.       यो बिधुतिय सामग्री भयकोले प्रदुषण मुक्त छ |
५.       यो चुल्हो लाई थोरै मात्र ठाउँ भएपनि पुग्ने भएकोले प्रयोग गर्न सजिलो छ |
६.       यसबाट खाना चाडै पाक्छ |

बेफाइदाहरु
इन्डक्सन चुल्होका बेफाइदाहरु
१.       यो चुल्होको एउटा मुख्य बेफईदा भनेको यसमा प्रयोग गरिने भाडा को बनावट हो | हामीले प्रयोग गरिरहेको     भाडा यो चुल्होमा नमिल्न सक्छ | किनभने यो चुल्होमा बिशेष गरि फलाम र फलामसंग मिश्रित धातुबाट बनाईएको भाडाले मात्रै काम गर्छ | हामीसंग त्यो नहुदा यसमा मिल्ने भाडा किन्नु पर्ने हुन्छ |
२.       यो चेप्टो र समतल आकारको भएकोले यसमा गोलो आकारको भाडाहरु जस्तै: कराही,प्रयोग गर्न सकिदैन |

३.       यो अन्य चुल्हो भन्दा महँगो छ तर दिर्घकालिन रुपमा सस्तो पर्न आउछ | नेपालमा यसको मूल्य न्युनतम  ४/५ हजार पर्न आउछ | तर गुणस्तर र सामानको कार्य हेरेर केहि मुल्य तलमाथि हुन सक्छ |




source: Internet files

s
HTML Comment Box is loading comments...

Next PM of Nepal?.