Monday, November 23, 2015

के हो इन्डक्सन चुल्हो ? What is induction cooker?

भारतीय नाकाबन्दीका कारण यतिखेर नेपालीहरुको चुल्होमा ग्यास सकिएर खाना पकाउन इन्धन को अभाब भैरहेको छ | यो अवस्थामा इन्डक्सन चुल्हो भरपर्दो विकल्प हुन सक्छ | यो एउटा बिधुत चुम्बकीय चुल्हो हो जसले अत्याधुनिक चुल्हो को रुपमा काम गर्छ |





इन्डक्सन चुल्होका फाईदाहरु
१.       यसको एउटा प्रमुख फाईदा भनेको यसले खाना अनुसार तापक्रम संयोजन गर्दछ | जुन आगोमा सम्भब हुदैन |
२.       ग्याँस वा अन्य इन्धन प्रयोग गर्दा प्रसस्त मात्रामा तापक्रम प्रयोगमा आउनुको साटो खेर गैरहेको हुन्छ किनभने अन्य चुल्होमा खाना पकाउदा सुरुमा ताप उत्पादन हुन्छ अनिमात्र  भाडामा प्रसारण हुन्छ तर इन्डक्सन चुल्होमा सिधै भाडामा ताप प्रसारण हुन्छ |
३.       यो चुल्होको अर्को फाईदा भनेको यो आफैमा तातिदैन,जब भाडा राखिन्छ अनि भाडा मात्रै तातिंछ जसले गर्दा हात पोल्ने र केटाकेटीहरु बाट डर हुदैन |

४.       यो बिधुतिय सामग्री भयकोले प्रदुषण मुक्त छ |
५.       यो चुल्हो लाई थोरै मात्र ठाउँ भएपनि पुग्ने भएकोले प्रयोग गर्न सजिलो छ |
६.       यसबाट खाना चाडै पाक्छ |

बेफाइदाहरु
इन्डक्सन चुल्होका बेफाइदाहरु
१.       यो चुल्होको एउटा मुख्य बेफईदा भनेको यसमा प्रयोग गरिने भाडा को बनावट हो | हामीले प्रयोग गरिरहेको     भाडा यो चुल्होमा नमिल्न सक्छ | किनभने यो चुल्होमा बिशेष गरि फलाम र फलामसंग मिश्रित धातुबाट बनाईएको भाडाले मात्रै काम गर्छ | हामीसंग त्यो नहुदा यसमा मिल्ने भाडा किन्नु पर्ने हुन्छ |
२.       यो चेप्टो र समतल आकारको भएकोले यसमा गोलो आकारको भाडाहरु जस्तै: कराही,प्रयोग गर्न सकिदैन |

३.       यो अन्य चुल्हो भन्दा महँगो छ तर दिर्घकालिन रुपमा सस्तो पर्न आउछ | नेपालमा यसको मूल्य न्युनतम  ४/५ हजार पर्न आउछ | तर गुणस्तर र सामानको कार्य हेरेर केहि मुल्य तलमाथि हुन सक्छ |




source: Internet files

s
HTML Comment Box is loading comments...